अर्थ
चितवनको जीवन बिमा बजारमा छलाङ मार्दै युवा अभिकर्ता थापा, ३ बर्षदेखि उत्कृष्ट

चितवन,साउन २१-
नेपालभर जीवन बिमा क्षेत्रमा सचेतना र बिमा गर्नेको संख्या तिब्र बढिरहेका बेला चितवनका २९ बर्षिय सुदिप थापाले जीवन बिमा ब्यवसायमा उत्कृष्ठ अभिकर्ता बन्दै प्रिमीयम संकलनमा छलाङ मारेका छन् । नेपालको अग्रणि जीवन बिमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्समा एजेन्सी तर्फ बरिष्ठ एजेन्सी मेनेजरका रुपमा कार्यरत थापाले गत आर्थिक बर्षमा मात्रै ४० करोड बिमाङ्क बराबर ३ करोड १७ लाख पहिलो प्रिमीयम संकलन गरेका हुन । उनि निरन्तर ३ बर्षबाट चितवको उत्कृष्ट अभिकर्ताको रुपमा रहदै आएका छन् ।
युवा उमेरमानै जिवन बिमा जस्तो संवेदनशिल क्षेत्रमा प्रबेश गरेका थापा आफ्नो सेवामुलक पेशाबाट खुशी भएको बताउँछन् । उनि भन्छन्, ‘बिमा हरेकलाई आवश्यकता हो, तर न्युन चेतना संगै अभिकर्ताको कमजोर प्रस्तुतीका कारण नेपालको जिवन बिमा बजार ३–४ दशक देखी माथि उठ्न सकेको थिएन् ।’ यस्तो अवस्थामा केहि बर्ष यता भने बिमा गराउनेको संख्या तिब्र हुनुमा अभिकर्ताहरुको अध्ययन र बिमीत संगको प्रस्तुती र लगनशीलता पनी एउटा बलीयो आधार मान्छन्,उनि ।
कम्पनीले ल्याएको जीवन बिमा र त्यसको बिशेषता मात्र बुझाउन सक्ने हो भने आवश्यकता अनुसार जिवन बिमा नगर्ने ब्यक्ती नै हुदैनन् भन्नेमा उनि बिस्वस्त छन् । उनले अघि थप्दै भने, ‘जिवन बिमाले भवितव्य लाभ मात्र दिने होईन राम्रो प्रतीफल पनी दिन्छ ।’ बिमाको खास बिशेषता र आवश्यकता अनुसारको योजना बुझाउन सकेको कारणनै केही बर्षदेखी आफूलाई उत्कृष्ठ अभिकर्ताको रुपमा उभ्याउन सफल भएको उनि दावी गर्छन् ।
नेपालमा जीवन बिमा कम्पनीहरु मध्य अग्र स्थानमा रहेको नेपाल लाईफ इन्स्योरेन्सले चितवनमा मात्र प्रथम बिमा शुल्क ३५ करोड आर्जन गरेको नारायणगढ शाखा प्रमुख रमेश कुमार पोडेलले जानकारी दिए ।