चितवन विशेष

चितवनमा चेपाङ महिला सशक्तिकरण परियोजना सुरु, राज्यको मुल प्रवाहमा ल्याउने उद्देश्य

Banner

चितवन, साउन १९-

चितवनका दुई गाउँपालिकामा चेपाङ महिला सशक्तिकरण परियोजना सुरु भएको छ ।

आर्थिक र सामाजिक हिसाबले पछाडि परेका चेपाङ महिलालाई राज्यको मुल प्रवाहीकरणमा ल्याउने उद्देश्यले चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा दुई वर्षे परियोजना सुरु गरिएको कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए । अन्डेफको सहयोगमा डेक नेपालले परियोजना सुरु गरेको हो ।

परियोजनाले चेपाङ महिलाको क्षमता विकास र सशक्तिकरणको क्षेत्रमा काम गर्ने छ । महिलाको विकासको लागि पुरुषको साथ अनिवार्य हुने भएकाले चेपाङ पुरुषहरुलाई पनि परियोजनामा समेट्ने लक्ष्य रहेको छ । परियोजनाले चेपाङ बस्तीमा महिलाको समूह बनाएर बचत गर्ने, परिचालन गर्ने र समूह मार्फत् नै स्थानीय निकायमा हुने निर्णय प्रक्रियामा सहभागी हुन सक्ने बनाइने साप नेपालका कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

चेपाङ महिला महिलाहरुलाई स्थानीय तहमा बजेट बाडफाड र निर्णय प्रक्रियामा सहभागी हुन सक्ने क्षमताको विकास गरिने उनले बताए । चेपाङ महिलाको क्षमता विकासको लागि क्षमता विकास र सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने छ । परियोजनाले चेपाङ महिलालाई सामाजिक जवाफदेहिता विधिहरु, सामुदायिक अंकपत्र, सामाजिक लेखापरीक्षण, लैंगिक मैत्री बजेट सोधखोज र सार्वजनिक सुनुवाइका अध्यासहरु गराउने छ । परियोजना आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ ।

प्रदेश सांसद सन्तबहादुर चेपाङ र कालिकाका मेयर खुमनारायण श्रेष्ठले संयुक्तरुपमा परियोजनाको उद्घाटन गरेका थिए । सो अवसरमा उनले डेक नेपालले चेपाङ महिलाको सशक्तिकरणसँगै चेपाङको शिक्षा र आयआर्जनको लागि काम गर्नुपर्ने बताए । सो परियोजनाअन्तर्गत डेक नेपालको सौराहा स्थित कार्यालयमा चेपाङ महिलाका लागि पाँच दिने क्षमता विकास तालिम सुरु भएको छ । तालिममा स्थानीय स्रोत व्यक्तिको रुपमा छनौट भएका २० जना चेपाङ महिलाको सहभागिता रहेको छ ।

तालिम पाँच दिनसम्म चल्ने छ । डेक नेपालकी अध्यक्ष शिखा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इच्छाकामना गाउँपालिकामा वडाध्यक्ष भूपेन्द्र चेपाङ, कालिकाका वडाध्यक्ष कृष्णबहादुर प्रजा, नेपाल चेपाङ संघका अध्यक्ष लक्ष्मण चेपाङ, जिल्ला गैरसहकारी महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>