देश/प्रदेश
पूर्व राजाले निकाले पुस्तक, बिक्री बापतको सबै पैसा समाजसेवामा
०

काठमाडौं, साउन १९–
पूर्वराजा ज्ञानेन्द्र शाहले पुस्तक बजारमा ल्याएका छन् । आज (आइतबार) एक कार्यक्रमकाबीच पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पूर्व राजाले लेखेको पुस्तक ‘सन्देश संग्रह’ विमोचन गरेको छ ।
सो क्रममा बोल्दै हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्वयुवराज्ञी हिमानी शाहले यस पुस्तक बिक्री गरेर ‘दैवी प्रकोप उद्धार कोष’ मा रकम संकलन गर्ने घोषणा गरिन् । उनले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन् ।
पूर्वराजा शाहले ट्रस्टलाई ५ सय थान पुस्तक दिएका छन् । उक्त पुस्तक बिक्रीबाट आएको रकम विभिन्न किसिमका प्राकृतिक प्रकोपटबाट पीडित व्यक्तिलाई सहयोग गरिने पूर्व युवराज्ञी शाहले बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























