चितवन विशेष
संयुक्त रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन

चितवन, साउन १९-
भरतपुर महानगरपालिका–१२ को राधाकृष्ण मन्दिर परिसरमा शनिबार सम्पन्न भएको रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।
कार्यक्रम रोटरी क्लब अफ भरतपुर, राधाकृष्ण महिला बचत समूह, रोट्याक्ट क्लब अफ भरतपुर, रोट्याक्ट क्लब अफ भरतपुर हाइट
र इनरह्वील क्लव भरतपुरले संयुक्त रुपमा आयोजना गरेका हुन् । रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशबहादुर सेन ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर वडा नम्बर १२ का अध्यक्ष नरेन्द्रकुमार कङ्दङ्वा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा रोटरीका संस्थापक अध्यक्ष डा.तिलचन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए भने रोटरी क्लवका पूर्व अध्यक्षहरु,सदस्यहरु, इनरह्वील क्लवका अध्यक्ष ज्योती माया रानाभाट,रोट्याक्ट क्लब भरतपुरका अध्यक्ष डा. दिपेश केसी,रोट्याक्ट क्लब भरतपुर हाइटका अध्यक्ष दिवस श्रेष्ठ, राधाकृष्ण टोलका अध्यक्ष, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य रोटरी क्लबका अध्यक्ष तथा सदस्यहरु गरी १५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राधाकृष्ण महिला वचत समूहकी अध्यक्ष मिना रेग्मीले स्वागत मन्तव्य राखेकी थिइन् ।