चितवन विशेष

यू–१८ साफ च्याम्पियनसिपको प्रारम्भिक टोलीमा यात्रा ग्रुप भरतपुरका पण्डित

Banner

चितवन,साउन १९-

चितवनको यात्रा ग्रुपका राजु पण्डित यू–१८ साफ च्याम्पियनसिपका लागि बोलाईएको प्रारम्भिक चरणमा परेका छन् । बिगत लामो समय देखी यात्रा ग्रुप भरतपुरबाट खेल्दै आएका पण्डित पहिलो पटक जुनियर राष्ट्रिय टोलीका लागि बोलाईएको हो । नेपालमा आयोजना हुने तेस्रो संस्करणको दक्षिण एसियाली पुरुष यू–१८ साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । प्रारम्भिक चरणमा बोलाईएका खेलाडीहरुले आइतबारबाट प्रशिक्षण शुरु गर्नेछ ।

पण्डित गत महिना सम्पन्न ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपमा मनाङ म¥याङ्दीबाट खेलेका थिए । उक्त च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनकै आधारमा उनी प्रारम्भिक टोलीमा पर्न सफल भएका हुन् । उनलाई यू–१८ साफ च्याम्पियनसिपमा नेपाली टोलीको रक्षापङतीका लागि बोलाईएको हो । यसमा उनीसँगै अन्य १२ जना पनि रहेका छन् ।

यू–१८ साफ च्याम्पियनसिपको प्रारम्भिक टोलीमा बोलाईएको पण्डित अन्तिम टोलीमा पर्ने सम्भावना बढी रहेको यात्रा ग्रुपमा अध्यक्ष एवं प्रशिक्षक कृष्ण कार्कीले जानकारी दिए । उनको मेहनत, पवार गेम, लगनशिलता र अनुशासनको कारण अन्तिम टोलीमा पर्ने सम्भावना प्रवल रहेको प्रशिक्षक कार्कीको भनाई छ । यस्तै गत महिना मात्रै सम्पन्न ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपको अनुभव बटुलेकोले पनि उनको सम्भावना रहेको कार्कीले जानकारी दिए । अन्तिम टोलीले पर्न सफल भए उनले चितवनकै शिर उच्च पार्ने कार्कीको विश्वास छ ।

यसैबिच यात्रा ग्रुपले यू–१८ साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा पर्न सफल आफ्ना खेलाडी राजु पण्डितलाई बिदाई गरेको छ । एक कार्यक्रमका बिच यात्रा ग्रुपका अध्यक्ष एवं प्रशिक्षक कृष्ण कार्की, उपाध्यक्ष सन्तोष कुमाल, कोषाध्यक्ष सन्जोक गुरुङ र टिम क्याप्टेन विवेक थापा मगरले पण्डितलाई बिदाई गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>