चितवन विशेष
भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थामा पुनः भिम बहादुर

चितवन,साउन १८-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मान्यता पाएको भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था चितवनको प्रथम अधिवेशन बाट अध्यक्षमा पुनः भिम बहादुर श्रेष्ठ चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा टेक बहादुर थापा, सचिवमा राम कुमार श्रेष्ठ, सहसचिवमा शैलेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा मिना कुमारी खरेल चयन भएका छन् ।
गतवर्ष फागुनमा गठन भएको संस्थाले बैशाखमा दर्ता भई भ्रष्टाचार विरुद्ध खवरदारी गर्दै आएकोमा अधिवेशन मार्फत पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो । देशमा संमृद्धीका लागी भष्ट्राचार नै सबैभन्दा ठूलो बाधक भएको सभामा सहभागीले बताएका छन् । भ्रष्टाचार गर्नु हुदैन भन्ने जानकारी हुदाँहुदै पनि स्वयम मानिसले भष्ट्राचार गर्ने संस्कार बसेका कारण भ्रष्टाचार झन् मौलाएको उनिहरुको धारणा छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्यव समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले नितिगत रुपमा हुने भ्रष्टाचार सबैभन्दा डरलाग्दो भएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जनप्रतिनिधिहरुले गल्ती गरे त्यसको छानविन गर्न आग्रह गर्दे विना कारण आरोप लगाउने र राम्रो कार्य गरेकालाई हतोस्साही बनाउन नहुने तर्क गरे ।
कार्यक्रममा चितवनका राजनैतिक दलका तर्फबाट समेत भ्रष्टाचारको निगरानी गर्ने संस्थालाई साथ दिने प्रतिवद्धता जनाईएको छ । नेपाली काँग्रेस चितवनका सभापती जीत नारायण श्रेष्ठले कुनै पनि पार्टीको नभनी भ्रष्टाचारीलाई कारवाही गर्न आग्रह गरे । नेकपा चितवनका प्रतिनिधी रामचन्द्र अधिकारीले पछिल्लो पुस्ताले नैतिकता विर्सेको आरोप लगाए । संस्थाका अध्यक्ष भिमबहादुर श्रेष्ठले आगामी दिनमा सबै पालिकामा निगरानी समुहको संजाल विस्तार गरेर अघि बढ्ने बताए । साधारणसभामा पुर्व जिविस सभापती कृष्णप्रसाद सापकोटा, विष्णु धिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, पत्रकार महासंध चितवनका अध्यक्ष राद्येश्याम खतिवडा लगायतले मन्तब्य राखेका थिए ।