खेलकुद

आजबाट बिदा भए चितवनका खेलकुद विकास समितिका पदाधिकारीहरु

Banner

चितवन, साउन १५-

जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्षसहित कार्यसमितिलाई चितवनका क्रियाशील खेलकुद संघहरुले बिदाइ गरेका छन् ।

चार वर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेको भन्दै खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामासहित सम्पूर्ण कार्यसमितिलाई बिदाइ गरिएको हो ।

एथलेटिक्स संघ चितवन, राष्ट्रिय तेकवान्दो संघ चितवन, नेपाल तेकवान्दो संघ चितवन, सितेरियो कराँते संघ चितवन, चितवन क्रिकेट संघ, चितवन बुद्धिचाल संघ, मुवा थाई संघ चितवन, चितवन ब्याडमिन्टन संघ, भलिबल संघ चितवनलगायतका खेलकुदसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले भरतपुर कबर्ड हलमा औपचारिक कार्यक्रम गर्दै लामासहित सम्पूर्ण कार्यसमितिलाई बिदाइ गरेको हो । विसं २०७२ साउन १२ गते चार वर्षका लागि नियुक्त भएका अध्यक्ष लामासहित कोषाध्यक्ष केशव कँडेल, सदस्यहरु प्रनिशा गुरुङ, प्रकाश तामाङ, गंगा खड्का, शिव खड्की, दिली महतो, सुदन दराई, आमन्त्रित सदस्य विकास सापकोटालाई बिदाइ गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>