चितवन विशेष

भरतपुरको भाटभटेनीमा रबिन एण्ड द् रिभोलुसन व्याण्डको कन्सर्ट हुने

Banner

मणिरत्न पौडेल

चितवन, साउन १५-

नेपाल डायरिजको आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा भरतपुर भाटभटेनीको फुडकोर्टमा विशेष सांगीतिक कन्सर्ट हुने भएको छ ।

शुक्रवार साँझ ७ बजेबाट हुने कन्सर्टमा रबिन एण्ड द् रिभोलुसन व्याण्डले आफ्नो प्रस्तुति दिने नेपाल डायरिजका निर्देशक विनेश थापाले आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । कार्यक्रममा व्याण्डको नयाँ एल्बम मुग्लानको पनि विमोचन गरिने भएको छ ।
एल्बममा ८ वटा गीतहरु समावेश भएका छन् । नेपाल डायरिज नेपालमा इभेन्ट म्यानेजमेन्टको लागि स्थापित कम्पनी हो । यसले विगत तीन वर्षमा १५ वटा भन्दा बढी ठूला सांगीतिक कार्यक्रमहरु गर्दै आएको छ । निर्देशक थापाले नेपालका तीन जिल्ला काठमाडौं, चितवन र मकवानपुरमा आफ्ना कार्यक्रमहरु केन्द्रित गरे पनि भविष्यमा देशभरका ठूला शहरमा आफ्ना कार्यक्रमहरु प्रदर्शन गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>