चितवन विशेष

जिल्ला स्वास्थ्य कार्यालय चितवन अगाडी म्याद नाघेका औषधीको थुप्रो

Banner

चितवन,साउन १४-

जिल्ला स्वास्थ्य कार्यालय चितवनले म्याद नाघेका औषधीहरु जथाभावि फालेको छ । स्वास्थ्य कार्यालय बाहिर एन्टिबायोटिक, प्यारासिटामोल, क्षयरोग, कुष्ठरोग, औँलो, मलेरिया, एचआईभि लगायतका म्याद नाघेका औषधीको थुप्प्रो देख्न सकिन्छ ।

“मान्छेले औषधी नपाएर उपचारबाट बन्चित हुनुपरेको छ । यहाँ स्वास्थ्य कार्यालयले यसरी औषधी फालेको छ,” भरतपुरकी तारा बरालले फालिएका औषधी मध्येबाट एक पोका म्यान ननाघेको औषधी देखाउँदै भनिन्, “यो सिफ्रोफोक्सासिन औषधीको अझै ६ महिना म्याद छ । यसरी फालिएको छ ।” उनले सरकारी अस्पतालमा जाँदा निःशुल्क औषधी नपाएर त्यतिकै बिरामीहरु फर्किएको बताईन् ।

औषधी जस्तो सम्बेदन्शिल वस्तुलाई व्यवस्थापन नगरी स्वास्थ्य कार्यालयले बाहिर फालेर लापरबाही गरेको उपभोक्ता अधिकार कर्मी बिष्णु भुसालले बताए । “म्याद नाघेका औषधीलाई स्वास्थ्य कार्यालयले छुट्टै व्यवस्थापन गर्नुपर्छ । तर, यहाँ यसरी बाहिर फालिएको छ ।” भुसालले भने, “मानसिक सन्तुलन गुमाएर सडकमा हिड्ने व्यक्तिले यो औषधी खायो भने को जिम्मेवारी हुन्छ ।” उनका अनुसार कार्यालयले म्याद ननाघेका एन्टीबाईटिक औषधी म्याद नाघेका औषधीमा मिसाएर बाहिर फालेको छ । कार्यालय परिसरमा म्याद नाघेका औषधीको अन्ध समेत आएका कारण मानव स्वास्थ्यलाई समेत असर गर्न सक्ने उनले बताए ।

स्वास्थ्य कार्यालय जस्तो जिम्मेवार निकायले यसरी औषधी फल्नु गैरजिम्मेवारी भएको उनले बताए । जथाभावि औषधि फाल्दा स्वास्थ्यमा समेत असर गर्ने गर्दछ । अधिकांश बिरामीलाई आवश्यक पर्ने टेट्रासाइक्लिन, क्लोरामफेनिकल, सिप्रोफ्लोक्सासिन, एमोक्सोमिशिल जस्ता अत्यावश्यक एन्टिबाईटिका कार्टुनका कार्टुन औषधी स्वास्थ्य कार्यालय परिसरमा फालिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार एन्टिबाईटिक, क्षयरोग, कुष्ठरोग, औलो मलेरियाका एचआईभि लगायतका २० हजार ट्याब्लेट भन्दा बढी म्याद नाघेका औषधीहरु बाहिर राखिएको छ । बेटाडिन १ सय सिसि, कुष्टरोग एचआरजेट एक हजार ५४, एचआर चाईल्ड ९ हजार पाँच सय ट्याब्लेट, ५० सिसि प्यारासिटामोल र अन्य एन्टिबाईटीक र एचआईभिका औषधी म्याद नाघेकाले बाहिर फालिएको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, कोष तथा लेखा नियन्त्रकका प्रतिनिधिको रोहवरमा स्वास्थ्य कार्यालयले म्याद नाघेका औषधीको मुचुल्का उठाईएको थियो । तर, म्याद नाघेका औषधीलाई निस्तेज नपारी कार्यालय अगाडी लथालिङ्ग पारिएको छ । जथाभावि रुपमा गाड्न र जलाउन नमिल्ने भएका कारण म्याद नाघेका औषधीको व्यवस्थापन गर्न कठिन भएको कार्यालयका सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । स्टोरमा राख्ने ठाउँ नहुँदा बाहिर राखिएको उनले बताए । “म्याद नाघेका औषधी अन्य औषधी संघ राख्ने कुरा भएन । अन्य स्थानमा राख्ने ठाउँ छैन,” अधिकारीले भने, “अब छिट्टै यसलाई व्यवस्थापन गर्दछौँ ।” उनका अनुसार दुई वर्ष देखिका म्याद नाघेका औषधी बाहिर राखिएको छ । म्याद नाघेका औषधीलाई निस्तेज पार्ने प्रकृयामा रहेको उनले बताए । “त्यतिकै बाहिर जलाउन पनि भएन । गाड्दा पनि सवै कुहिने औषधी छैनन्,” उनले भने, “यसलाई व्यवस्थापनको तयारीमा हामी छौँ ।”

औषधीको आपूर्ति, खपत र आवश्यकताबीच समानता नभएकोले वर्षेनी लाखौँ रुपियाँ बरावरको औषधी म्यादभित्र वितरण नहुँदा खेर गइरहेको छ । स्वास्थ्य नीतिमा औषधीको म्याद समाप्त नहुदै लक्षित वर्गमा वितरण गरी सक्नुपर्ने प्रावधान भएपनि अनुकूल आपूर्ति प्रणाली नहुदा बषौँ देखि यस्तो समस्या देखिएको छ । तर, औषधीको माग नखाउँदा स्वास्थ्य कार्यालयमा रहेका औषधीमा म्याद नाघेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>