देश/प्रदेश

चितुवाको छालासहित दुई पक्राउ

Banner

धनगढी, साउन १४-

कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

छाला बिक्री गर्नका लागि गोदावरी नगरपालिकाको अत्तरियामा राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>