चितवन विशेष
भरतपुरको कल्याणपुरमा रोटरी क्लबको वृक्षरोपण

चितवन, साउन १३-
भरतपुर महानगरपालिका–५ कल्याणपुरमा आज वृक्षरोपण गरिएको छ ।
चितवन रोटरी क्लबको अगुवाइमा भरतपुर महानगरपालिका, न्यू आनन्द टोल विकास संस्था, भरतपुर महानगरपालिका वडा नं. ५ को संयुक्त आयोजनामा भरतपुर–५ को कल्याणपुरमा वृहत् वृक्षरोपण गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाको मेयर रेनु दाहाल, चितवन प्रदेश नं. २ (ख) का प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष पदम सुवेदी, न्यू आनन्द टोल विकास समितिका अध्यक्ष विष्णु पौडेलको सहभागिता रहेको थियो । कार्यक्रममा आनन्द टोल आमा समूहलगायत विभिन्न स्थानीय टोल समूहहरुको सहभागिता रहेको थियो ।
भरतपुर महानगरपालिकाको मेयर दाहाल तथा क्लबका अध्यक्ष राजु पौडेलले संयुक्तरुपमा विरुवा रोपी उद्घाटन गरेको कार्यक्रममा करिब ११० वटा फलफूललगायतका विरुवाहरु रोपिएको थियो । त्यसको संरक्षणको लागि रोटरी क्लब अफ चितवनबाट तार जाली, ड्रम र मल गरी करिब ४० हजार रुपैयाँ बराबरको सहयोग भएको थियो । त्यस्तै रोटरीका अध्यक्ष राजु पौडेलले ३२ हजार रुपैयाँ, कोषाध्यक्ष राम प्रसाद सुवेदीले ४० हजार रुपैयाँ र रोशन खरेलले चार हजार रुपैयाँको विरुवाको संरक्षणको लागि सहयोग गरेका छन् । । कार्यक्रममा करिब ८० हजार रुपैँयाँ खर्च भएको थियो । अब विस्तार नहुने गरी निर्माण सम्पन्न बाटोको किनारमा वृक्षरोपण गरिएको यो कार्यक्रम महानगरमा नै पहिलो पटक भएको मेयर दाहालले बताइन् भने बिरुवा हुर्काउन र संरक्षणको लागि चितवन रोटरी निरन्तर लागिरहने क्लबका अध्यक्ष पौडेलले प्रतिबद्धता जनाए ।