देश/प्रदेश
औठाछापसहित शिक्षकको नाममा ‘सुसाइड नोट’ लेखेर गरे विद्यार्थीले आत्महत्या

महेन्द्रनगर साउन १३-
। महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षकको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षकको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्।
सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन । सुरजको ‘सुसाइड नोट’ को अन्त्यतिर उनले औँठा छाप लगाएका छन ।
उनले सुसाइट नोटमा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै बाच्न सक्दिन । हजुरको सब ठाँउमा मैले इन्सल्ट गराए, हजुरले मलाई जस्तो बनाउनु चाहनु हुन्थ्यो, म त्यस्तै बन्न सकिन, म मरे पनि दुई दाजुहरू छन । उनीहरूलाई राम्रो पढाउनु, म त हजुरको नालायक छोरा न परे, अब खुसीसँग बस्नु । ‘
सुसाइट नोटमा आफूले दारु कहिल्यै नपिएको पनि उल्लेख गरेको छ । सुसाइट नोटमा लेखेका छन्( ‘अनि मैले दारू कहिल्यै पनि छोएको छैन, खानु त कता हो ।’ सुसाइट नोटमा आफूले चुरोट पिउन छाडेका पनि एक वर्ष भइसकेको लेखेका छन ।
कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेका थिए।
सुरजका बुवा गणेश लेखकले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएका छन । जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गणेशले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी समेत दिएका छन ।
‘सुसाइड नोटमा’ मा उल्लेखित ‘मृत्युको कारण’ हरिलाल जोशी विरुद्ध दीएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताए । घटनाको अनुसन्धान भइरहेको समेत डिएसपी बमले जानकारी दिए ।