देश/प्रदेश
सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु
०

सिन्धुली, साउन १२
सिन्धुलीमा करेन्ट लाग्दा आज एक महिलाको मृत्यु भएको छ । दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो ।
घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ । घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा करेन्ट लाग्दा मेनुकाको घटनस्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । घटनाको विस्तृत विवरण बुझन् घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको उनले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























