देश/प्रदेश
सरकारको राम्रो काममा कांग्रेसको सहयोग रहन्छ : कांग्रेस नेता सिंह
०

काठमाडौँ, साउन ११-
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताएका छन् ।
गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आज आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाए । पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाए । उनले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने उल्लेख गरे । कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>