देश/प्रदेश
पौडी खेल्न गएका एउटै परिवारका तीन बालबालिका तमोर नदीमा बेपत्ता
०

धनकुटा साउन ८-
पौडी खेल्न गएका एउटै परिवारका तीन बालवालिका तमोर वेपत्ता भएका छन् । धनकुटा नगरपालिका–८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीय छोरा सञ्जीव राई, ७ वर्षीय छोरी सलिना राई र ७ वर्षीया छोरी सञ्जिला राई तमोर नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो बाबुआमा खेतमा काम गर्न गएको बेला तमोर नदीमा पौडी खेल्न गएको परिवारको अनुमान छ । बेपत्ता बालबालिकालाई परिवार र आफन्तले खोजेपनि पत्ता नलागेपछि बुधबार परिवारले प्रहरीलाई खबर गरेका थिए ।
घटना थाहा भएलगत्तै प्रहरी घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुर्दशन कोइरालाले जानकारी दिए । खोजी कार्यमा प्रहरी परिचालन भइसकेको कोइरालाको भनाइ छ । अन्नपूर्णपोष्ट
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>