देश/प्रदेश
करेन्ट लागेर एकको मृत्यु
०

विदुर, साउन ८-
करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेको छ ।
आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>