क्रिकेट

ज्ञानेन्द्र मल्लको किर्तिमानी अर्धशतक

Banner

चितवन, साउन ८–

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले किर्तिमानी अर्धशतक बनाएका छन् । टि–२० अन्तर्राष्ट्रियमा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा ज्ञानेन्द्रले आफ्नो नाम लेखाएका छन् ।

उनले सिंगापुरमा जारी टि–२० विश्वकप छनौट एशिया फाइनलमा मलेसियाविरुद्ध २० बलमै अर्धशतक बनाएका हुन् । उनले ३ छक्का र ५ चौका प्रहार गरे । उनी २१ औं बलमा क्याच आउट भए । नेपालका लागि टि–१० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने खेलाडीको नाम पारस खड्काको थियो । उनले मलेसियाविरुद्ध नै २५ बलमा अर्धशतक बनाएका थिए ।

आज अर्धशतक बनाएसंगै ज्ञानेन्द्र टि–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने चौथो खेलाडी बनेका छन् । यसअघि सुवास खकुरेल, पारस खड्का र सन्दीप जोराको नाममा अर्धशतक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>