कर्पोरेट

एनआईसी एशिया बैँक र पोखराका विभिन्न होटलबीच सम्झौता

Banner

चितवन, साउन ७-

एनआईसी एशिया बैँक र होटल पोखरा ग्राण्डी बिरौटा पोखराबीच बैंकका ग्राहकलाई होटलका विभिन्न सेवा सुविधामा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैँकले आज जारी गरेको विज्ञप्तिमा उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेको उल्लेख गरिएको छ । यसैगरी एनआईसी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकलाई टीका रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता पनि भएको छ ।
उक्त सम्झौतापत्रमा बैँकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैँकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैँकले विश्वास लिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>