देश/प्रदेश

सत्तारुढ दलले नै भन्योः लोकसेवा आयोगको विज्ञापन खारेज गर

Banner

बुटवल, साउन ५–

सत्तारुढ दल समाजवादी पार्टी नेपाल लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको छ ।

पार्टीको प्रदेश ५ समितिले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको हो । लोकसेवाको विज्ञापनविरुद्ध भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पार्टीले विज्ञापन खारेज गर्न माग गरेको छ । आयोगको विज्ञापन समानुपातिक, समावेशी सिद्धान्त विपरित भएको समाजवादी पार्टीले दाबी गरेको छ ।

समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्त विपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख गरेका छन् । उनले तत्काल विज्ञापन खारेज गर्न माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>