देश/प्रदेश
पोखरीमा डुबेर दुईको मृत्यु
०

भोजपुर, साउन २-
भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
मङ्गलबार घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>