रोचक

अध्ययन भन्छ : अल्छी व्यक्ति दीर्घायु

Banner

काठमाडौँ साउन १ —

प्रोसिडिङस अफ द रोयल सोसाइटी जर्नलमा प्रकाशित अध्ययनले अल्छीहरूको मुहारमा खुसी ल्याइदिएको छ । त्यसअनुसार अल्छी व्यक्तिहरू दीर्घायु हुन्छन् ।

प्राणीका २९९ प्रजातिको बानीबेहोराबारे गरिएको अध्ययनले उक्त निष्कर्ष निकालेको त्यो जर्नलमा उल्लेख छ ।

सक्रिय व्यक्तिमा मेटाबोलिज्मको दर बढी हुन्छ । यही सक्रियताले त्यस्ता व्यक्तिलाई चाँडो सिध्याइरहेको पनि हुन्छ ।

ती प्राणीमा गरिएको अनुसन्धानले भनेको छ– जीवजगत् यहाँसम्म आइपुग्दा विलुप्त हुनबाट जोगिएका छन्, ती अल्छी भएका कारण जोगिएका हुन् । बढी ऊर्जाको उपयोग गर्ने प्रजाति लोप जोखिम त्यति नै रहेको उल्लेख गर्दै त्यसमा मोलस्क (शंखेकीरा) प्रजातिको जीवको अध्ययन गर्दा यो तथ्य पत्ता लागेको बताइएको छ ।

जुन जीव बढी सक्रिय थिए, ती ५० लाख वर्षअघि नै विलुप्त भए र जो अहिले पाइने गरिएका छन्, ती अल्छी जस्तै चुपचाप बसिरहन्छन् । यी जीवमा मेटाबोलिज्मको दर निकै कम हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>