देश/प्रदेश

काभ्रेमा बुहारीको कुटाईबाट सासुको मृत्यु

Banner

काभ्रे साउन १-

धुलिखेल नगरपालिका– १ देवीटारमा बुहारीको कुटाईबाट सासुको मृत्यु भएको छ । घरायसी विवादको कारण मंगलबार बेलुका बुहारीले ६३ वर्षीया माइली मायाँ तामाङलाई लछारपछार गरी भुईमा पछारेकी थिइन् । टाउको र पेटमा गम्भीर चोट लागेको तामाङको उपचारको क्रममा शीरमेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

घरायसी विवादमा २४ वर्षीया बुहारी सुन्तली तामाङले कुटपिट गर्दा सासु माईलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कुटपिट गर्ने बुहारी सुन्तलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी चौकी बनेपाका प्रमुख इन्सपेक्टर निरन्जन भट्टराईले बताए । घटनामा परिवारका अन्य सदस्यहरूको संलग्न भए नभएको अनुसन्धान भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>