देश/प्रदेश
काभ्रेमा बुहारीले गरिन् सासूको हत्या
०

काभ्रे, साउन १–
काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीले वृद्ध सासूको हत्या गरेकी छिन् ।
राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार गर्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा राति १ बजे ज्यान गएको हो ।
रक्सी खाएकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया बुहारी सुन्तलीलाई घटनालगत्तै पक्राउ गरी बनेपा इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>