चितवन विशेष
गुम्बालाई नारायणगढ लियोको खाद्यान्न सहयोग
०

चितवन, असार ३१–
लियो क्लव अफ नारायणगढले भरतपुर–५ टाइगरचोकमा रहेको उग्र्यान न्होर्बु छ्योलिङ्ग गुम्बालाई खाद्यान्न सहयोग गरेको छ ।
गुम्बामा एक कार्यक्रमकाबीच लामा पाठ पढाउन राखिएका चेलाहरुको लागि खाद्यान्न वितरण गरिएको हो । क्लवका अध्यक्ष लियो कृष्णचन्द्र पौडेलले सो खाद्यान्न गुम्बालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गुम्बाका प्रमुख लामा गुरु पेमा वाङ्छु लामा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा गुम्बाका अध्यक्ष मेकबहादुर तामाङ्ग, लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्ष सबल पिया, गुम्बाकी उपाध्यक्ष माया तामाङ, सचिव चेतबहादुर तामाङ कोषाध्यक्ष आशमान तामाङ, सहसचिव बिना तामाङ, लियो क्लवका प्रथम उपाध्यक्ष लियो गणेश जिसी, सचिव प्रशिद्ध घिमिरे, लियोहरु मदन सापकोटा, अन्तेष पौडेललगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>