चितवन विशेष
चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
०

चितवन,असार ३१-
चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीमा जंगली हात्तीले आक्रमण गर्दा स्थानिय ६२ बर्षको कान्छो दराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।
घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान करिब ६ बजे बाघमारा सामुदायिक वनको चौर नजिक दराईलाई हात्तीले आक्रमण गरेको थियो । उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । दराईलाई हात्तीले घिर्सादै जंगलमा लगेको उहाँले बताउनुभयो ।
घटनास्थलको प्रकृती हेर्दा र स्थानियले बताएका आधारमा हात्तीले आक्रमण गरेको पुष्टी भएको उहाँले बताउनुभयो । बाख्रा चराउन आएका स्थानियले शव देखेपछि विहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>