खैरहनी

कठारमा कम तौलका १५ बच्चाको जन्म

Banner

चितवन, असार ३०-

खैरहनी वडा नम्बर १० र ११ मा चालु आर्थिक वर्षमा कम तौल भएका १५ जना बच्चाको जन्म भएको छ ।

कठार स्वास्थ्य चौकीले सोमबार गरेको सामाजिक लेखा परीक्षणमा प्रस्तुत गरिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा १५ जना बच्चा कम तौल भएका जन्मिएका हुन् । कठार स्वास्थ्य चौकी प्रमुख रामचन्द्र श्रेष्ठले कम तौलका आमा, कम उमेरमा बिहे, पोषणको अवस्था कमजोर हुँदा, सुत्केरीपछि स्वास्थ्य शिक्षा नलिनु, नवजात शिशुको राम्रो जाँच नहुनुलगायत समस्याका कारण कम तौल भएका बच्चाको जन्म हुने बताए ।

कम तौलका बच्चाको जन्म भएपछि कठार स्वास्थ्य चौकीले पोषण कार्यक्रम लागू गरेको छ । चालु वर्ष कठार स्वास्थ्य चौकी सेवा क्षेत्रभित्र १६ जना क्षयरोग, एक जना कुष्ठरोगका बिरामी पाइएको थियो । सो अवसरमा प्रस्तुत तथ्यांकअनुसार चालु आर्थिक वर्षमा ८ हजार ९०९ जनाले सेवा लिएका छन् । स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन नहुँदा महिला र पुरुषको एउटै ठाउँमा जाँच गर्नु पर्ने, डे«सिङ र फार्मेसी एउटै कोठाबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकी प्रमुख श्रेष्ठको भनाइ छ ।  खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेती, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, वडा भित्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>