कर्पोरेट

एनआईसी एशिया बैँक र ग्लोबल हस्पिटलबीच सम्झौता

Banner

चितवन, असार ३०-

एनआईसी एशिया बैँक लिमिटेड र ग्लोबल हस्पिटल प्रालि ग्वार्को ललितपुरबीच आज एक सम्झौंता भएको छ ।

बैँकले आज जारी गरेको विज्ञप्ति अनुसार सम्झौंतामा बैँकका कर्मचारी, डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १५% सम्मको छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

उक्त सम्झौतापत्रमा बैँकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका छन् । बैँकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ इकाइ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैँकले पालना गर्दै आएको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>