देश/प्रदेश

जंगली निउरो खाँदा छोराछोरीको मृत्यु, आमा गम्भीर

Banner

अछाम असार ३०-

रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ। वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए। शाहीका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

मृतककी ३१ वर्षीया आमा नरपता बोहराका अनुसार शुक्रबार बिहान निउरो खाएपछि बान्ता हुने लगाएतको समस्या देखिएको थियो। अहिले आमाको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>