चितवन विशेष

नारायणी सामुदायिक अस्पतालले एक वर्षमा एक लाखलाई सेवा दियो

Banner

चितवन, असार २९-

एनपीआई नारायणी सामुदायिक अस्पतालले एक वर्षको अवधिमा एकलाख बढी बिरामीलाई सेवा दिएको छ ।

आज सम्पन्न अस्पतालको १३ औं वार्षिकोत्सव कार्यक्रममा सो बारे जानकारी गराइएको हो । वार्षिकोत्सवको अवसरमा आज बिहान अस्पतालमा भर्ना भएका ९० जना बिरामीलाई फलफूल वितरण गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठ, सञ्चालक विष्णु कँुवर र मेडिकल निर्देशक डा लोकबहादुर सेढाईले संयुक्तरुपमा विरामीलाई फलफूल वितरण गरेका थिए ।

यस्तै आजै भएको रक्तदान कार्यक्रममा ९ महिलासहित ६८ जनाले रक्तदान गरेका छन् । भरतपुरको चौविसकोठी नजिक रहेर सेवा दिँदै आएको यस अस्पताल अहिले १०० शैयामा सञ्चालित रहेको अस्प्तालले जनाएको छ । निकट भविष्यमा २०० शैया सञ्चालन गर्न लागेको यस अस्पतालले बिहानी सेवामा उपचारका लागि आउने बिरामीहरुका लागि निःशुल्क बहिरंग सेवा प्रदान गरेको अस्पतालका प्रशासन प्रमुख दिपेश घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार अस्पतालमा ५५५ जनाले निशुल्क बहिरंग सेवा लिएका छन् । उनका अनुसार १६८ जना पुरुषसहित सो संख्यामा आएका बिरामीले निःशुल्क परीक्षण गरेको अस्पतालले जनाएको छ । यस्तै वार्षिकोत्सवकै अवसरमा अस्पतालले आइतबारका लागि प्रयोगशाला तथा अन्य परीक्षणमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । सो अवसरमा ८०० जनाले ५० प्रतिशत छुटमा प्रयोगशाला तथा अन्य सेवामा छुट लिएर उपचार गराएका थिए ।

अस्पतालले वार्षिक एक लाख भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अहिले यसै अस्पतालको मुख्य लगानीमा भरतपुर महानगरपालिका–८ मा न्यूटन हस्पिटल निर्माणको काम हुँदै छ । विशेष गरी क्यान्सरका बिरामीलाई लक्षित गर्दै सो अस्पताल निर्माण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>