चितवन विशेष

रत्ननगरमा नगर स्वास्थ्य केन्द्र थपिँदै

Banner

चितवन, असार २९-

रत्ननगर नगरपालिका–१४ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

वडा नं १४, १५ र १६ अन्तर्गत पर्ने पिठुवालाई लक्षित गरी सो वडाअन्तर्गत डुम्रीचोकमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मेयर नारायण वनले स्वास्थ्य सेवाको पहुँचलाई नगरवासीको घरघरमा पु¥याउन नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताए । स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार रहेको भन्दै उनले यो अधिकारको भरपुर उपयोगको लागि स्वास्थ्य केन्द्र कोसेढुंगा सावित हुने बताए । स्वास्थ्य सेवालाई सहज बनाउन नगरपालिकाले घरघरमै उपचार गर्ने कामको सुरुवात गरेको भन्दै उनले आगामी वर्षबाट यसलाई अझ प्रभावकारी बनाउने विचार राखे ।

वडाध्यक्ष हरिकुमार श्रेष्ठले वडाबासीको माग र चाहना बमोजिम नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए । उनले वडाबासीलाई केन्द्रबिन्दु पर्ने गरी डुम्रीचोकमा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए । सो नगर स्वास्थ्य केन्द्रको नयाँ भवन डुम्रीचोकमा निर्माण भइरहेको छ । केही समयका लागि स्थानीय क्लबको भवनबाट केन्द्र सञ्चालनमा ल्याएको भएपछि छिट्टै आफनै भवनमा सेवा सुरु हुने वडाध्यक्ष श्रेष्ठले बताए ।

स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले नागरिकलाई प्रदान गर्ने सम्पूर्ण स्वस्थ्य सेवा प्रदान गर्ने योजना रहेको उनले बताए । केन्द्रमा अहेब, अनमीलगायतका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने छ । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले पहिलो पटक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको वडाध्यक्ष श्रेष्ठले बताए । निर्वाचन हुनुभन्दा पहिलादेखि रत्ननगरमा तीन वटा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका थिए ।  उद्घाटन कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष हुमनाथ लामिछाने, नगर प्रवक्ता राजेन्द्र हमाल, स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने, जागृति युवा क्लबका अध्यक्ष नुमनाथ रेग्मी, पिठुवा रेडक्रस समन्वय समितिकी प्रतिनिधि गीता देवकोटा, नेकपाका बासु लामिछाने, नेपाली कांग्रेसका कमलनाथ अधिकारी, सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रीता अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>