देश/प्रदेश

भारतले पुनः बन्द गर्‍यो कोशी ब्यारेजका आधाजसो ढोका

Banner

काठमाडौं असार २९-

पानीको सतह घटेको भन्दै भारतीय पक्षले कोशी ब्यारेजका आधाजसो ढोका पुनः बन्द गरेको छ ।

गएराति सबै ५६ वटा ढोका खोलिएकोमा आइतवार मध्याह्नसम्म आइपुग्दा २६ वटा ढोका भारतीय पक्षले बन्द गरिसकेको छ । ३० वटा ढोका खुला छन् ।

‘वाटर फ्लो हेरेर ढोका बन्द गर्नेरखोल्ने कुरा हुन्छ,’ सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले भने, ‘अहिले ३०/३२ वटा ढोका खुला रहेको भन्ने जानकारी छ ।’

कोशीमा पानीको सतह २ लाख ३४ हजार क्युसेकमा झरिसकेको उनले बताए ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि पानीको सतह घटेकाले ढोका खोल्नु र बन्द गर्नु सामान्य कुरा भएको बताए ।

झण्डै पौने ४ लाख क्युसेक पुगेको पानीको सतह निकै घटेको उनले बताए ।

भारतले कोशी नदीमा बनाएको उक्त ब्यारेजका कारण नेपाली भूमि बर्सेनि डुबानमा पर्ने गरेका छन् ।

समयमा ब्यारेजको ढोका समेत नखोल्दा नेपालमा ठूलो क्षति पुग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>