देश/प्रदेश
बाढीपहिराका कारण हेटौंडाका विद्यालय बन्द
०

हेटौंडा असार २९-
लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गराएका छन् । लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो ।
भिमफेदी गाउँपालिकाभरिका विद्यालय आजदेखि असार ३१ गतेसम्मका लागि बिदा दिइएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । विद्यालय सञ्चालन गर्दा पनि बाढीपहिराका कारण शिक्षक तथा विद्यार्थी विद्यालय आउन सक्ने अवस्था नरहेकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको अध्यक्ष लामाले बताए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>