देश/प्रदेश
भोजपुरको पहिरोमा तीन बेपत्ता
०

भोजपुर, असार २८-
भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पहिरो पन्छाउन गाउँपालिकाबाट गएको स्काभेटर सडक बिग्रेका कारण पुग्न नसकेपछि फर्किएको गाउँपालिका अध्यक्ष विजय राईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>