चितवन विशेष

अपडेटः खतराको संकेत नाघेको राप्तीको बहाब घट्दो क्रममा

Banner

चितवन, असार २८–

खतराको संकेत नाघेको राप्ती नदीका पानीको बहाब क्रमशः घट्दै गइरहेको छ । लगातार परेको वर्षाले चितवन भएर बग्ने राप्ती नदीको बहाबले हिजो (शुक्रबार) खतराको सूचक नाघेको थियो । तर अहिले बहाब घटेर पानी २ मिटरमा झरेको जल तथा मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले नारायणी अनलाईनलाई जानकारी दिए ।

यो राप्ती नदीको सामान्य अवस्था हो । राप्ती नदीको खतरा सूचांक ४ मिटर हो । हिजो ६ बजेसम्ममा पानीको बहाब बढेर ४ मिटर ५० सेन्टिमिटर पुगेको थियो । हिजो पानीको बहाब बढ्दो क्रममा थियो । जसले गर्दा पर्यटकीय क्षेत्र सौराहाका केही होटलहरुमा बाढी पसेको थियो ।

राप्तीमा आउने बाढीले विशेषगरी पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र भरतपुरका केही स्थानमा असर पार्ने गरेको छ । दुई वर्ष अघि राप्तीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहालगायत पूर्वी चितवनको धेरै स्थान डुबानमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>