धादिङ

वर्षाले घर भत्केर धादिङमा एकको मृत्यु

Banner

धादिङ, असार २७–

अविरल वर्षाका कारण गजुरी गाउँपालिका–४ बालुवाडाँडामा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कृष्णबहादुर तामाङकी आठ वर्षीया छोरी अस्मिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। घर भत्किँदा १२ वर्षीय जयराम तामाङ घाइते भएकोले उपचार भइरहेको छ ।

लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग खण्डका विभिन्न स्थानमा सडक अवरोध भएको छ । पृथ्वी राजमार्ग माथिबाट खनिएका सडकको लेदो सडकमा आएर राजमार्ग अवरुद्ध भएको हो । बेनिघाट, गल्छी लगायतका स्थानमा सडक अवरुद्ध भएपछि डोजरको सहायताले लेदो हटाइ एकातर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

निर्माण कार्य सम्पन्न हुन नपाउँदै नीलकण्ठ नगरपालिकास्थित शीतल बजारमा सडक भाँसिएपछि पाँच घर भत्किएका छन् । आसपासका एक दर्जन घर जोखिममा परेका बताइएको छ ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>