प्रदेश २

लगातारको वर्षाले सुनसरीका अधिकांश स्थान जलमग्न

Banner

सुनसरी,असार २७-

लगातारको वर्षाका कारण सुनसरीका अधिकांश स्थान जलमग्न भएका छन्। स्थानीय खोलाको पानी बस्तीमा पसेपछी दर्जनौ परिवार बिस्थापित भएका छन। सुनसरी खोला, बुढी खोला, टेंगा्र खोला सेउती खोलामा लगायतका साना ठुला खोलामा समेत पानीको सतह बढेपछि स्थानिय त्रसित भएका छन्।

सुनसरीको इनरुवा, दुहबी, इटहरी आसपास पानीको निकास नहुदा सडकमै पानी जमेर यातायात सञ्चालनमा कठिनाइ भएको छ। इटहरी हुँदै बग्ने टेंगा्र खोलाको पानी ओभरफ्लो भएर धरान–बिराटनगर सडक खण्ड अन्तर्गतको ४ किलोमिटरक्षेत्र अस्तब्यस्त बनेको छ। इटहरी १० मा टेङ्ग्राको पानी बस्तीमा छिरेको छ।

खोला बस्तीमा छिरेपछी सुनसरी–मोरङ औद्योगिक करिडर क्षेत्रका एक दर्जनबढी उद्योग डुबानमा परेका छन। सुनसरीको इटहरी, खनार, दुहवी, झुम्का, इनरुवा, देवानगन्ज, भुटाहा, हरिनगर लगायतका स्थान जलमग्न भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>