चितवन विशेष
नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम हुने
०

चितवन, असार २५–
बढ्दो रगतको मागलाई परिपुर्तीका लागि नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
लायन्स क्लव अफ नारायणगढ बालकुमारी, लायन्स क्लव अफ नारायणगढ नारायणी, नारायणी मोटर्स, ग्रेस इन्टरनेशनल र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो ।
यही असार २७ गते शुक्रबार शहिदचोकस्थित बजाज शोरुम अगाडि रक्तदान कार्यक्रम हुन लागेको आयोजक ग्रेस इन्टरनेशनलका नारायणगढ प्रमुख गणेश लामिछानेले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम विहान ८ बजेदेखी सुरु भई अपरान्ह ३ बजेसम्म चल्नेछ ।
मेडिकल सिटीको रुपमा परिचित चितवनमा दिनप्रति दिन रगतको माग बढ्दै गएको रक्तदान कार्यक्रम आयोजना गरिएको लामिछानेले बताए । यस रक्तदान कार्यक्रम वर्षेनी आयोजना हुँदै आईरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>