रोचक

जबरजस्ती लिङ्ग परिवर्तन गराइदिने भारतीयलाई कारबाहीको माग

Banner

काठमाडौं, असार २४-

काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफूलाई जबरजस्ती लिङ्ग परिवर्तन गराइएको भन्दै पीडकलाई कारबाहीको माग गरेका छन् ।

मंगलबार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएकी पीडित मालले आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारिन् । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाइको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्याएको उनको भनाइ छ । उनले भनिन्,‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।’

सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उनले सुनाइन् । उनले घट्ना स्मरण गर्दैै भनिन्,‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेस्रो लिङ्गी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेका थिए । ’ एक\दुई दिन आफूलाई कुनै काम नलगाए पनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउँदै त्यसको एन्टिबायोटिक औषधिको रुपमा आफूलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनको भनाइ छ ।

आफूलाई चार\पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाइ राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले सुनाइन् । उनले थपिन्, ‘करिब साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए ।’ आफूलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफूलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाइन् । आफूलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफूमा महिलाको ‘हर्माेन’ विकास भएको उनले स्पष्ट पारिन् । आफ्नो लिङ्ग परिवर्तन गराइसकेपछि दुई वर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताइन् । ‘मलाई नपुसंक बनाइयो । मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन् । परिवारको जर्राे टार्न कामको लागि भारत गएको थिएँ । अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाइयो ।’–उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>