नवलपरासी

नवलपरासीको दाउन्ने क्षेत्र ओझेलमा

Banner

नवलपरासी असार २०-

धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण भएर पनि पूर्वी नवलपरासीको दाउन्ने क्षेत्र ओझलमा परेको छ ।

पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको दाउन्ने क्षेत्रमा भौतिक पूर्वाधारको अभाव र प्रचारप्रसारको कमीका कारण यो क्षेत्र ओझलमा परेको हो ।

दाउन्ने क्षेत्र पाल्पा राज्यका सेन वंशी राजाहरुको महत्वपूर्ण सामरिक क्षेत्रका रुपमा परिचित छ । तत्कालीन पाल्पा राज्यमा बिफर रोगले मानिसहरुको मृत्यु हुँदा दाउन्ने देवीको शिलामा पूजा गरेर रोग निको भएको जनविश्वास गरिन्छ । दाउन्ने देवीलाई तत्कालीन समयमा पाल्पा राजाहरुको इष्टदेवीका रुपमा लिइने गरिन्छ । दाउन्ने डाँडामा चण्डी पूर्णिमा, धान्यपूर्णिमा, वैशाखे पूर्णिमा, बालाचतुदर्शी, शिवरात्रि, श्रवणीमा ठूलो भीड लाग्ने गर्दछ ।

आन्तरिक र बाह्य गरी दाउन्नेमा वार्षिक एक लाख भन्दाबढी पर्यटक आउने गरेका छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण दाउन्नेमा विशाल मन्दिर, टेलिभिजन प्रसारण केन्द्र, रेडियो नेपालको प्रसारण केन्द्र स्थापना भएका छन् । दाउन्नेमा बौद्ध गुम्बा, बौद्ध विद्यालयसमेत स्थापना भइसकेका छन् । दाउन्ने जङ्गलमा थुप्रै वनस्पति र वन्यजन्तु पाइन्छ ।

धार्मिक र ऐतिहासिक दृष्टिकोणले पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, भारत र नेपालका थुप्रै ठाउँबाट यहाँ पूजा गर्न आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । अग्लो टापुमा रहेको दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि प्रचारप्रसारको अभावमा पछि परेको स्थानीयवासी गुनासो छ ।

पूर्वी नवलपरासीमा दाउन्नेबाहेक, मौलाकालिका मन्दिर, त्रिवेणीधाम, गजेन्द्र मोक्ष दिव्य धाम, देवचुली, डाँडालगायतका थुप्रै धार्मिक एवम् पर्यटकीयस्थलहरु रहेका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>