चितवन विशेष

विषादी न्यूनीकरणको प्रभावकारी माध्यम आईपीएम पाठशाला

Banner

चितवन, असार १९–

आईपीएम कृषक पाठशाला रासायनिक विषादी न्यूनीकरणका लागि एक प्रभावकारी कार्यक्रमका रुपमा स्थापित हुँदै गएको छ ।

यसलाई किसान समक्ष पुर्‍याउन विभिन्न कार्यक्रमहरु हुँदै आईरहेका छन् । यसैक्रममा नेपाल जनस्वास्थ्य प्रतिष्ठान, चितवन, भरतपुर महानगरपालिका, कालिका र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा किसानहरुलाई लक्षित गरी १६ हप्ते आईपीएम कृषक पाठशाला तालीम प्रदान गरिएको छ ।

सो पाठशालाको उद्देश्य कृषकहरुलाई रासायनिक विषादीको विकल्पका रुपमा (एकीकृत शत्रुजीव व्यवस्थापन) विधिबारे व्यवहारिक ज्ञान र सीप प्रदान गरी विषादीरहित खाद्यान्न उत्पादन गर्न उत्प्रेरित हो ।

नेपालमा वर्षेनी विषादीको बढ्दो आयात र विभिन्न अध्ययन अनुसन्धानले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा क्यान्सर लगायत अन्य दिर्घरोगहरु बढ्दै गएको देखिएको छ ।

तालीममा चितवनमा विषादी प्रयोगको अवस्था र यसले मानव स्वास्थ्यमा पारेको असरको बारेमा चर्चा गरिएको थियो । स्वस्थ बीउ उत्पादन सम्बन्धि विभिन्न तरिका, सुधारिएको गोठेमल, कम्पोष्टमलको फाइदा र बनाउने तरिका, जैविक विषादी र बोकासेमल बनाउने तरिका, बालीमा लाग्ने मुख्य रोग किरा तथा शत्रुजीव र मित्रजीवको पहिचान, व्यवस्थापन लगायतका विषयहरु पाठशालामा किसानहरुलाई जानकारी गराइएको थियो ।

चितवनमा कालिकाको पदमपुर र जुटपानी, खैरहनीको कुमरोज तथा भरतपुर महानगरपालिकाको शिवनगर र गीतानगरमा पाठशाला सञ्चालन गरिएको थियो । सो पाठशालामा १४५ जनाको सहभागिता रहेको थियो । तालीममा सहभागिहरुलाई प्रमाण पत्र, जैवीक विषादी बनाउनका लागी ड्रम, सुरक्षित पहिरनसहित अन्य सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागिहरुले आआफ्नो वडाको प्रतिनिधित्व गर्दै विषादीरहित उत्पादनका लागि समूहगत खेतीगर्ने र आआफनो समुदायमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>