चितवन विशेष

अपराध नियन्त्रण र अनुसन्धानलाई प्रमाणमुखी बनाईने

Banner

चितवन, असार १८–

चितवन प्रहरीले वार्षिक कार्ययोजना तयार पारेको छ ।

चितवन प्रहरीको नेतृत्व सम्हाल्न आएका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले मंगलबार पत्रकार सम्मेलन गरी वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रहरीले विशेष गरी ११ वटा बुँदालाई प्राथमिकतामा राखेर कार्ययोजनामा तयार पारेको छ ।

प्रहरी उपरीक्षक मल्लले आफ्नो पहिलो प्राथमिकता नै जनशक्ति व्यवस्थापन, आन्तरिक सुद्दिकरण रहेको बताए । आम चितवनवासीले प्रहरीप्रति शंका गर्ने वातावरण नबनोस् भन्नका लागि जनशक्ति व्यवस्थापन, आन्तरिक सुद्दिकरण रहेको बताए । उनले भने–‘हामीप्रति नै गुनासो आए कसरी सुरक्षा दिन सक्छौं ? त्यसैले पहिले हामी आफै सच्चिनु जरुरी छ ।’

यस्तै प्रहरीले कार्ययोजनामा सेवा प्रवाह र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित सूचना संकलन तथा विश्लेणषण शाखाको स्थापना, अपराध नियन्त्रण र अनुसन्धानमा प्रमाणमुखी, प्रबिधिमैत्री अनुसन्धान अवलम्वन, प्रहरीका असल सहयोगी र भरपर्दो सुराकीहरुको पहिचान र परिचालन, सचेतना कार्यक्रम, ट्राफिक व्यवस्थापन, विपद जोखीम न्यूनीकरण, विपद पूर्व तयारी, सञ्चारकर्मीहरु संगको सम्बन्ध, कार्ययोजना कार्यान्वयन, अनुगमन र मुल्याङकनलाई प्राथमिकतामा राखेको छ ।

प्रहरी उपरीक्षक मल्लले चितवनलाई शान्त र व्यवस्थित बनाउनका लागि कार्ययोजना तयार पारिएको बताए । उनले प्रहरी कर्मचारीको अनुशासन र आन्तरिक सुद्दिकरण गर्दै प्रहरीको काम कारवाही नतिजामुखी, विश्वासिलो र ईमान्दारी तवरले गर्न व्यवस्थित रुपमा जनशक्ति परिचालन गर्ने गरी कार्ययोजना ल्याइएको बताए ।

यस्तै विश्वसनिय एवंम् प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने,  विकाश र समृद्धिको लागि अवरोधको रुपमा जिल्ला भित्र रहने अवाञ्छित गतिविधिको नियन्त्रण गर्ने, समग्र जिल्लाको आन्तरिक सुरक्षा व्यवस्था मजवुद बनाई शान्तिपूर्ण सुरक्षित चितवनको सुनिश्चितता गर्ने उद्देश्यले नै कार्ययोजना बनाइएको एसपी मल्लको भनाई छ ।

उनले मानब अधिकारको रक्षा गर्दै अपराध नियन्त्रण, अनुसन्धान कार्यलाई प्रमाणमुखी र प्रविधिमैत्री बनाउने, सामुदायिक साझेदारी कार्यक्रमलाई अझै व्यापकता दिई सुरक्षा सचेतना अभियानलाई जनस्तर सम्म पु¥याउने अर्को उद्देश्य रहेको बताए । एसपी मल्लले भने–‘चितवन धेरै नै महत्वपूर्ण जिल्ला हो, शान्ति सुरक्षा खलबलिन दिन्न् ।’

एसपी मल्लले आफू चितवन आएको छोटो समयमै धेरै सफलता हात परेको भन्दै अझै यहाँका विकृति र अपराधिक कार्यलाई निर्मुल पार्न चितवन प्रहरी लागि परेको बताए ।

प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानमा प्रमाणमुखी, प्रविधिमैत्री अनुसन्धान अवलम्वन गर्ने कार्ययोजनामा लागूऔषधदेखि बेश्यावृत्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । लागूऔषध दुव्र्यसन तथा कारोबार नियन्त्रण गर्नुको साथै
लागूऔषध खेती नष्टलाई प्राथमिकतामा राखेको छ ।

एसपी मल्लले भने–‘हामी गाँजा खेती नै हुन नदिने तयारीमा छौं, उत्पादन भएर विक्री गर्ने बेलामा फाँडेर काम भएन ।’ उनले पहाडी क्षेत्रमा गाँजा खेती बढ्दो रहेको भन्दै स्थानीयलाई यस्तो खेती नगर्न जनचेतना जगाईने बताए । उनले यस्ता खेती गर्नेहरुलाई सरकारी सेवा सुविधा रोक्नका लागि प्रहरीले सिफारिस गर्ने तयारी भईरहेको बताए । उनले भने–‘गाँजा खेती नगर्न किसानलाई निरुत्साहित गर्नु जरुरी छ, जबरजस्ती गरे सरकारी सेवा सुविधाबाछ बञ्चित गर्नुपर्छ ।’

यस्तै एसपी मल्ले जुवातास र सट्टेबाजी नियन्त्रण, चोरी नियन्त्रण, बेश्यावृत्ति नियन्त्रणलाई पनि प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए । उनले समाजमा विकृति विसंगति ल्याउने कार्य बेश्यावृत्ति रहेको भन्दै यसलाई पूर्ण रुपमा रोक्न प्रयास भईरहेको बताए । उनले यसका लागि प्रहरी तयार रहेको बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता (डीएसपी) एकनारायण कोइरालाले शान्ति सुरक्षाका लागि प्रहरी तयार रहेको बताए । उनले समाजमा हुने नकरात्मक घटना बारे समयमै जानकारी गराउन आग्रह गर्दै प्रहरी सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले कार्ययोजनालाई कार्यान्वयनमा लैजाने क्रममा संचारकर्मीहरुको पनि साथ आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>