स्वास्थ्य

राति खाली पेट सुत्नु  स्वाथ्यको लागि हानीकारक

Banner

काठमाडौँ असार १७

नेपाली समाजमा पछिल्लो समय राति खाली पेट सुत्ने चलन बढेको छ । भनिन्छ, राति खाली पेट सुत्दा शरीरको वजन कम हुन मद्दत पुग्छ । कतिपय बढी वजन भएका मानिस यही कारण पनि राति केही पनि नखाई सुत्न रुचाउँछन् । तर चिकित्सक (अनुसन्धाता) हरुले यो आदत हानिकारक हुन सक्ने पत्ता लगाएका छन् ।

पेट खाली राखेर न त वजन घट्छ न त शरीरमा स्फूर्ति नै आउँछ । राति खाना नखाई सुत्दा शरीरमा पोषकतत्व कमी हुन जान्छ, विशेषगरी( माइक्रोन्युट्रिसनल डिफिसिएन्सी । मानव शरीरलाई म्याग्नेसियम, भिटामिन बी १३ तथा भिटामिन डी ३ जस्ता माइक्रो न्युट्रिएन्ट्स आवश्यक पर्छ । हामीले राति खाना नखाने आदत बसाल्दा कुपोषणको सिकार हुने सम्भावना अधिक रहन्छ ।

तपाईं यदि रातिको खाना (डिनर) छाड्नुहुन्छ या नियमसङ्गत ढङ्गमा खानपान गर्नुहुन्न भने तपाईंको मेटाबोलिजममा नकारात्मक असर पर्न सक्छ । यसले तपाईंको इन्सुलिन लेभल गडबड हुन पुग्छ । साथै, कोलेस्टोरल र थाइराइडको लेभल पनि गडबड हुन सक्छ । सही खाना, सही समयमा नखाँदा हार्मोनमा समेत असर पर्न जान्छ, नतिजामा थुप्रैखाले रोग निम्तन सक्छ ।

केही पनि नखाई सुतेको रात तपाईंलाई ओल्टकोल्टे फर्किरहन मन लाग्छ । खाली पेटमा सुत्दा मनोवैज्ञानिक असर पर्छ र गहिरो निद्रा नलाग्ने सम्भावना अधिक हुन्छ ।

कतिपय मानिस वजन घटाउने उद्देश्यमा डिनर खाँदैनन्, तर यसको असर उल्टो पर्न सक्छ । यसमा दुईमत छैन कि, रातमा कम खाना खानुपर्छ । यसको अर्थ खाना खाँदै नखानु भन्ने बिलकुलै होइन । यसो गर्दा झन् उल्टो असर पर्न गई वजन बढ्ने सम्भावना हुन्छ । शरीर यस्तो मोडमा पुगेको हुन्छ कि, तपाईं फ्याट स्टोर गर्न थाल्नुहुन्छ ।

राति लामो समय केही पनि नखाँदा शरीरले इनर्जी जम्मा गर्न थाल्छ, नतिजामा मोटोपना बढ्छ । वजन सही बनाउनका लागि तपाईंले सही समयमा सही खानपानको व्यवस्थापन गर्नुपर्छ ।
(नवभारत टाइम्समा आधारित)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>