चितवन विशेष

रत्ननगरको बजेटसहित नीति तथा कार्यक्रम पारित

Banner

चितवन, असार १६–

नीति तथा कार्यक्रम र बजेट परित गर्दै रत्ननगर नगरपालिकाको पाँचौं नगर सभा सोमबार सकिएको छ ।

जेठ १० गतेबाट सुरु भएको नगर सभा सोमबार नीति तथा कार्यक्रम र बजेट पारित गरी समापन गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । नगरपालिकाले नगर शिक्षा ऐन २०७४ लाई संशोधन गरी वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको पदेन अध्यक्ष हुने प्रावधानलाई केही खुकुलो बनाएको छ ।

संशोधित ऐनमा नगर शिक्षा समितिमा शिक्षक महासंघको अध्यक्ष शिक्षा समितिको पदेन सदस्य रहने व्यवस्था गरेको छ । नगर सभाले सहकारी संस्था निर्देशिक २०७५, सहकारी मापदण्ड २०७५, बजार अनुगमन निर्देशिका २०७६ र मेलमिलाप समितिको कार्यविधि, आर्थिक ऐन २०७६ र विनियोजन ऐन २०७६ पारित गरेको विधेयक समितिका संयोजक तिलकराज शर्मा पौडेलले जानकारी दिए ।

नगर सभाको समापन कार्यक्रममा प्रमुख वनले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्दै रत्ननगरलाई विकासको उचाईमा पुुुु¥याउने काममा ध्यान केन्द्रीत गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले अहिलेसम्म भएका कामको समीक्षा गर्दै नगरवासीलाई विकासको अनुभूति दिलाउने गरी अबको वर्षमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख विमला दुवाडीले विनियोजित बजेट कार्यान्वयन गर्दै जनतालाई विकासको अनुभूति गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताइन् ।

नगर सभाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमसहित एक अर्ब ५ करोड ३२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरी पारित गरेको नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए ।

नगर सभामा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडासदस्यहरुले नीति तथा कार्यक्रमको प्रभावकारिता र कार्यान्वयनको विषयमा जिज्ञासा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>