चितवन विशेष
नेपाल विद्यार्थी संघको शोक सभा
०

चितवन, असार १६–
नेपाल विद्यार्थी संघ साविक क्षेत्र नम्बर ४ ले पूर्व क्षेत्रीय सभापति तिलचन्द्र अधिकारीको निधन भएको आठौं दिनमा शोक सभाको आयोजना गरेको छ ।
अधिकारी निवासमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाली काँग्रेस चितवनका पूर्व पार्टी सभापति एवंम् पूर्व सांसद रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको शोक सभामा नेविसंघका निवर्तमान महामन्त्री आनन्दराज त्रिपाठी, महासमिति सदस्य विजय भुषाल, नेपाली काँग्रेस चितवनका सचिव राजिब न्यौपाने नेता सूर्यकान्त घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
शोक मन्तव्य व्यक्त गर्दै पूर्व सांसद घिमिरेले स्व. अधिकारीको दुःखद निधनबाट सिङ्गो पार्टी मर्माहत भएको बताए । अधिकारीको निधनले देश र पार्टीले जुझारु युवा नेता गुमाएको बताए ।
कार्यक्रम क्षेत्रीय सभापति विष्णुबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>