भरतपुर

भरतपुर मेगा सिटी अयोजनामा छुटेको भन्दै सांसद रावलद्धारा सरकारको ध्यानाकर्षण

Banner

भरतपुर,असार १५-

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले मेगा सिटी विकासको सम्भाव्यता अध्ययनमा भरतपुर छुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सरकारले बजेटमार्फत देशका ६ वटा शहरलाई मेगा सिटीको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम ल्याएको छ ।

राष्ट्रिय सभाको आइतवारको बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद रावलले मेगा सिटीका लागि हरेक हिसाबले योग्य रहेको भरतपुर किन छुट्यो भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘सघन शहरीकरण भइरहेका काठमाडौं उपत्यका, विराटनगर–इटहरी, वीरगञ्ज–सिमरा, पोखरा, वुटवल–सिद्धार्थनगर, नेपालगञ्ज–कोहलपुर तथा धनगढी–अत्तरिया क्षेत्रमा मेगा सिटी विकास गर्न सम्भाव्यता अध्ययनको कुरा आएको छ । यसमा भरतपुर–नारायणगढ क्षेत्रलाई पनि समेटिनुपथ्र्यो । यहाँनिर अलि कमजोरी भएको जस्तो मलाई लाग्छ,’ सांसद रावलले भनिन, ‘त्यस क्षेत्रको जनप्रतिनिधि भएको नाताले मात्र होइन, नेपालकै मुटु एवं केन्द्र भागमा अवस्थित भरतपुर क्षेत्र त्यसका लागि हरेक हिसाबले योग्य छ । भरतपुर यस आयोजनाबाट कसरी छुट्यो ? सम्माननीय अध्यक्ष महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद रावलले भूमिहीन, अल्पसंख्यक, दलित, महिला तथा सुकुम्वासीहरूका लागि सरकारले ल्याएको कार्यक्रमहरूको प्रभावकारी कार्यान्यनमा समेत जोड दिइन् ।राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई बजेटमा तोकिएकै अवधि एक बर्षभित्र सम्पन्न गर्ने गरी अघि बढ्न सुझाव दिएकी रावलले विकास बजेट असारमा मात्र खर्च हुने अवस्थाको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>