विजनेश

हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेस मनी ट्रान्स्फरबीच साझेदारी

Banner

चितवन, असार १६-

नेपालका लागि सामसङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग साझेदारी गरेको छ ।

हिम इलेक्ट्रोनिक्सले आज जारी गरेको विज्ञप्तिमा इलेक्ट्रोनिक्सका तर्फबाट प्रभाकर शमशेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले एमओयूमा हस्ताक्षर गरेका हुन् । सम्झौंता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यो इनिशिएसन जुलाई २०१९ बाट प्रारम्भ हुनेछ । हिम इलेक्ट्रोनिक्सले प्रवासीलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो सम्झौता गरेको हो । यसको सुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुने कम्पनीले दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>