चितवन विशेष

भरतपुरका संस्थापक मेयर स्वर्गीय चुकेको आँखा दान गरियो

Banner

चितवन, असार १४–

तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको निधनपछि आँखा दान गरिएको छ । निधनलगत्तै चुकेको भरतपुर आँखा अस्पतालको टोलीले आँखाको नानी निकालेको हो । स्वर्गीय चुके नेपाल नेत्रज्योती संघका संस्थापक थिए ।

स्वर्गीय चुकेसहित ६ जनाले आँखा दान गरी सकेका छन् । हालसम्म भरतपुर आँखा अस्पतालमा ६५ जनाको आँखा प्रत्यारोपण गरिएको छ । आँखा दानका लागि हालै मात्र गठन भएका दुईवटा लायन्स क्लवले जनचेतना अभिवृद्ध गर्न सुरु गरेका छन् । लायन्स क्लव अफ नारायणी एमजेएफ र लायन्स क्लव अफ चितवन राईजले आँखा दानका लागि जनचेतना जगाउने काम सुरु गरेका हुन् ।

स्वर्गीय चुकेको आज देवघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उनलाई नेपाली काँग्रेसका महामन्त्री डा. शशंक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए । यसअघि चुकेको पार्थिव शरीरलाई आज विहान काँग्रेस चितवनको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी चितनका अध्यक्ष यमबहादुर परियारलगाएतको ठूलो संख्यामा चुकेको अन्तिम श्रद्धान्जली लागि देवघाट पुगेका थिए ।

वि.सं. १९९२ कार्तिकमा गुल्मीमा जन्मिएका चुकेको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । बुबा ज्योतिलाल चुके र आमा गंगादेवी चुकेको कान्छा छोराको रुपमा जन्मिएका मुक्तिलाल चुकेका तीन जना छोरा र एक छोरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>