चितवन विशेष

चितवनमा एसियाका बाख्रा विज्ञको सम्मेलन हुने

Banner

चितवन,असार १४-

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयको बहुउद्देश्यीय भवनमा सम्मेलन हुने संकाय डिन प्रा.डा. शारदा थपलियाले पत्रकार सम्मेलन गरेर जानकारी दिइन् ।

सम्मेलनमा १४ देशमा बाख्रा अनुसन्धान तथा विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउन सफल वैज्ञानिक, अनुसन्धानकर्ताहरु सहभागी हुनेछन् । सम्मेलनमा नेपालमा बाख्रा विशेषज्ञ, पशु क्षेत्रमा काम गरिरहेका विज्ञ, उद्यमी र किसानहरुको सहभागिता रहने उनले बताइन् ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरीका, क्यानडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेशिया, बंगलादेश, फ्रान्स र केन्या देशका बाख्रा विषेशज्ञ सहभागी हुनेछन् ।

चारदिनसम्म चल्ने सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन विषयमा कार्यपत्र पेश हुनेछ ।

त्यस्तै स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधिसम्बन्धी करीव ७ वटा विशेषज्ञ, २१ वटा आमन्त्रित, ३५ वटा मौखिक एवम् ५२ बढि पोष्टरहरु गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने सम्मेलनका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीका रुपमा रहेको पीपीआर रोग र त्यसको नियन्त्रण जस्ता विभिन्न विषयमा समूहगत छलफल गरिने डा. भट्टराईको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>