चितवन विशेष

मदन जयन्तीमा चितवनमा फलफूलका विरुवा रोपिने

Banner

भरतपुर, असार १३ –

मदन भण्डारी फाउण्डेशन चितवनले ६८ औं मदन जयन्तीको उपलक्ष्यमा शनिबार फलफूलको विरुवा रोप्ने भएको छ । फाउण्डेशन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।

साविक पदमपुरको कालिका नगरपालिका पर्ने सामुदायिक वनमा कागती र एबोगार्डोको विरुवा रोपिने फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

गतवर्ष पनि सोही सामुदायिक वनमा फाउण्डेशनले फलफूलका विरुवा रोपेको थियो । उक्त सामुदायिक वनमा व्यवस्थित फलफूलको बगैंचा तयार पार्ने योजना रहेको फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले बताउनुभयो । फलफूल उत्पादन भएपछि सामुदायिक वनका उपभोक्ताको नै स्वामित्व हुने गरी बगैंचा तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

“समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नेपाल सरकारको नारालाई सार्थक पार्न सामुदायिक वनमा उत्पादनशील फलफूलका विरुवा रोप्ने कार्यलाई महत्व दिईएको फाउण्डेशनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>