चितवन विशेष

चितवनको कृषि विश्वविद्यालयका गतिविधिमा जापानी चासो, राजदूत साइगोद्वारा निरीक्षण

Banner

चितवन, असार १२-

नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयकी डिन प्राडा. शारदा थपलियाको संयोजनमा रामपुर आएका राजदूत मासामिचिले विश्वविद्यालयका प्रयोगशाला, पशु फार्म, बीउ उत्पादन कार्यक्रमको निरीक्षण गरे । अवलोकन भ्रमणपछि विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा. इश्वरीप्रसाद ढकाल, रजिष्ट्रार प्राडा. मनराज कोलाक्षपति, योजना निर्देशक प्राडा. अर्जुन श्रेष्ठ, डिन प्राडा. शारदा थपलियाले विश्वविद्यालयमा भैरहेका शैक्षिक, अनुसन्धान तथा प्रसारप्रसारका बारेमा जानकारी गराएका थिए ।

भैंसीमा बेमौसमी समयमा गराइएको गर्भधारणको सफल परीक्षणका बारेमा प्राडा. भूमिनन्दन देवकोटाले राजदूत साइगोलाई जानकारी गराएका थिए । राजदूत साइगोले दुई देशका विश्वविद्यालय बीच अझै प्रगाढ सम्वन्ध विस्तार गदैं विज्ञान र प्रविधिको आदानप्रदान गरिने बताए । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र जापानका चारबाट विश्वविद्यालयबीच एमओयू गरिएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयले जापानको यामागुची विश्वविद्यालय, टोकियो युनिर्भसिटी एग्री एण्ड टेक्नोलोजी, टोकियो एग्रकल्चर युनिर्भसिटी र गिफु युनिर्भसिटीसँग सम्झौता गरी विद्यार्थी शिक्षक आदानप्रदान गदैं आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>